कपिलवस्तु, कार्तिक १८
विद्यार्थीमा दृष्टी सचेतनाका लागि आयोजित शिविरमा ६०८ जनाले आँखा परीक्षण गरेका छन् । तीमध्ये ७२ जनामा दृष्टि समस्या पहिचान भई चस्मा वितरण गरिएको र ४ जनालाई जटिल समस्याका कारण थप उपचारका लागि रिफर गरिएको प्राविधिक सैलजा आचार्यले जानकारी दिनुभयो।
विद्यार्थीमा दृष्टी सचेतनाका लागि एक दिवसिय आँखा जाँच शिविरको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीले गर्नु भएको छ । शिविरको उद्घाटन गर्दै प्रदेश सभा सदस्य पंथीले विद्यार्थीहरूमा दृष्टि सम्बन्धी समस्या पहिचान र समयमै उपचारका उद्देश्यले शिविर महत्व्पूर्ण रहने विचार राख्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि पन्थीले आँखा स्वास्थ्य जीवनका लागि अत्यावश्यक विषय भएको बताउँदै विद्यालयस्तरमै यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्नु सकारात्मक पहल भएको उल्लेख गर्नुभयो।
कपिलवस्तु नगरपालिका–९ स्थित श्री कनकमुनि माध्यमिक विद्यालयमा आयोजित शिविरको आयोजना मित्र समाज, काठमाडौंले गरेको हो भने, कार्यक्रमलाई स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सहयोग र किड्स कपिलवस्तु तथा कपिलवस्तु नगरपालिका–९ ले समन्वय गरेको थियो।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर खत्रीले गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी अब्दुल रशीद खाँ, किड्स कपिलवस्तुका कार्यकारी निर्देशक कृष्ण द्विवेदी, मित्र समाजका कार्यक्रम व्यवस्थापक अनिलकुमार पौडेल, परियोजना संयोजक असगर हुसेन धुनिया लगायतको उपस्थिति रहेको थियो। शिविरमा नुवाकोट आइकेयर सेन्टरको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो।








प्रतिक्रिया