अर्थ-वाणिज्य

बाणगंगामा शहरी रुपान्तरण ५ वर्षमै १२ सय नयाँ घर दर्ता



कात्तिक १९ , कपिलवस्तु,

बाणगंगा नगरपालिको शहरीकरणको गति तिव्र बनेको छ । बाणगंगा नगरको ५ आ.व. वर्षको तथ्यांकलाई हेर्दा ५ वर्षमै १२ सय नयाँ घर दर्ता गरेको तथ्यको तथ्यले बाणगंगा नगरपालिका शहरीकरणको तिव्र गतिमा रहेको पुष्टी गरेको छ । अन्यत्र बसाई सराईको समस्या भोगिरहदा बाणगंगा नगरपालिका भने ब्यस्थित शहरीकरणको तिव्र गतिमा रहेको छ ।


नगरपालिकाको तथ्यांक अनुसार आ.व. ०७६÷७७ देखि ०८१÷८२ सम्म नयाँ घर दर्ता, नक्सा स्वीकृति, नामसारी र प्रमाणपत्र वितरणका सूचकहरू निरन्तर बढ्दो छन् ।
नगरपालिकाले हालसम्म १ हजार २९४ नयाँ घर दर्ता गरेको छ। त्यसमध्ये १ हजार १४२ घरले एष्लितज ीभखभ ि(पहिलो चरण) अनुमति प्राप्त गरेका छन् भने ८६६ घरले क्गउभच ीभखभ ि(दोस्रो चरण) स्वीकृति लिएका छन्। यस्तै ६६८ घरले अन्तिम पास ँष्लब िऋभचतषष्अबतभ प्राप्त गरेका छन्। नयाँ घर नामसारी ३१ र आंशिक रूपमा निर्माण सम्पन्न घर २७ रहेका छन् ।
पुराना घरतर्फ पनि उल्लेखनीय प्रगति भएको छ। अहिलेसम्म ४ हजार ५४३ पुराना घर नक्सा दर्ता भएका छन्। तीमध्ये ३ हजार ४८२ घरले नियमित प्रमाणपत्र पाएका छन् भने १२६ घर रोक्का सूचीमा परेका छन्। नगरपालिकाले भवन निर्माण अनुमति प्रक्रिया र शहरी पूर्वाधार व्यवस्थापनलाई अझ पारदर्शी, व्यवस्थित र डिजिटल प्रणालीतर्फ लैजाने तयारी गरिरहेको जनाएको छ। यसले नागरिक सेवामा सहजता ल्याउने र शहरी व्यवस्थापनलाई दिगो रूपले सुदृढ गर्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ। नगरप्रमुखका अनुसार, “नगर विकासका हरेक सूचकमा बाणगंगाको प्रगति देखिन्छ। आगामी वर्षहरूमा अनुमति प्रक्रिया थप छरितो र प्रविधिमैत्री बनाइनेछ ।”

प्रकाशित : २० कार्तिक २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६