लुम्बिनी

पिपरा कोठी सामुदायिक वन उपभोक्ता समूहमा नयाँ नेतृत्व चयनवन संरक्षण र आर्थिक सशक्तीकरणमा उदाहरणीय कार्य गर्ने विश्वास



कात्तिक २४ गते

बाणगंगा नगरपालिका–२ स्थित पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूहको साधारणसभा तथा निर्वाचन सम्पन्न भएको छ । घोषित मत परिणाम अनुसार अध्यक्षमा भीमसेन कार्की निर्वाचित हुनु भएको छ ।
साधारण सभाबाट चयन भएका नयाँ पदाधिकारी, सदस्य तथा लेखा समिति सहित सम्पूर्ण टोलीलाई बधाई र शुभकामना व्यक्त गर्दै अध्यक्ष कार्कीले सामुदायिक वनको समृद्धि, विकास र उपभोक्ताहरूको मागलाई मध्यनजर राख्दै आगामी तीन वर्षको कार्यकालमा जिम्मेवारीपूर्वक कार्य गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्कीले आफ्नो धारणा राख्दै “यो जिम्मेवारी मैले व्यक्तिगत रुपमा होइन, सम्पूर्ण उपभोक्ताको विश्वासका आधारमा पाएको हुँ । यसअघि प्राप्त सफलतामा सबै अभिभावक उपभोक्ता, सञ्चारकर्मी, सुरक्षा निकाय, वन डिभिजन कार्यालय पिपरा र तौलिहवा परिवार, स्थानीय होटल व्यवसायी, वडा नं. २ कार्यालय, बाणगंगा नगरपालिका कर्मचारी, निर्वाचनमा खटिएका कर्मचारी, उम्मेदवारज्यू, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन मण्डलका सदस्यहरूको योगदान रह्यो ।”
नवनिर्वाचित नेतृत्वले सामुदायिक वनको संरक्षण, प्रवर्धन र आर्थिक सशक्तीकरणमा उदाहरणीय कार्य गर्दै वन व्यवस्थापनलाई आधुनिक र सहभागी बनाउने अपेक्षा गरिएको छ ।
स्थानीय स्तरमा वन र वातावरण संरक्षणसँगै महिला सशक्तीकरण र आम उपभोक्ताको सहभागिता अभिवृद्धि गर्ने योजना समेत नयाँ नेतृत्वले अघि सारेको जनाएको छ ।

प्रकाशित : २५ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६