अर्थ-वाणिज्य

घोराही–तुलसीपुर चारलेनः सर्वेको काम सकियो



तुलसीपुर (दाङ), २४ कात्तिक

घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि सर्वेको काम पूरा भएको छ । गएको २४ असारमा श्री दिवा–बन्दन भगवती जेभीसँग सम्झौता भएर सोही कम्पनीले सम्पूर्ण कागजी काम सकेको कार्यालय प्रमुख दीपेन्द्रबहादुर विष्टले बताउनुभयो ।

उहाँका अनुसार संयुक्त सर्वेक्षण, सूची सर्वेक्षणलगायतका काम सकिएको छ । कागजी काम सकिएसँगै अब भौतिक काम सुरु हुने प्रमुख विष्टले बताउनुभयो । भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक चारलेनको काम हुन लागेको हो । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चारलेन हुने छ । 

सडक २१ किलोमिटर ५८ मिटर रहेको छ । कालोपत्रको चौडाइ चारलेनको हुने छभने बीचमा बीचमा मेडिएन र दुवैतर्फ दुई÷दुई लेनको सडक हुनेछ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । त्यसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्र गरिनेछ । 

यसले सडकलाई थप मजबुत बनाउने जनाइएको छ । सम्झौता भएको मितिले ३६ महिनामा काम सक्ने गरी सम्झौता भएको प्रमुख विष्टले बताउनुभयो । उहाँका अनुसार उक्त सडकबीचमा पर्ने  सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।

सोही सडक चारलेन बनाउनका लागि यसअघिको निर्माण कम्पनीले कम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो । तत्कालिन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयानुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय  ठेक्का गर्ने सहमति भएको थियो । 

–––

प्रकाशित : २५ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६