बाणगंगा, कपिलवस्तु — कात्तिक २५
कोपवा बिकुली सडक निर्माणले तिव्रता पाएसंगै स्थानियमा विकास प्रति नयाँ गति र आशा पलाएको प्रतिक्रिया स्थानिय अगुवाहरुको रहेको छ। बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालका अनुसार नगरपालिकाको प्रमुख पूर्वाधारमध्ये एक, कोपवा देखि बिकुली सम्मको १७५० मिटर दूरीको सडक पिच गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ। मधौलिया देखि बिकुली खण्डसम्मका लागि संघीय सरकारको आर्थिक वर्ष २०८२÷०८३ को बजेटबाट ५ करोड रुपैयाँको व्यवस्था गरिएको छ। नगर प्रमुख अर्यालका अनुसार, “यो सडक निर्माणले बाणगंगाको विकास यात्रामा ठुलो फड्को मार्नेछ। हामी केवल योजना बनाउने होइन, परिणाम देखाउनेतर्फ केन्द्रित छौं।” यस सडकको दायाँ–बायाँ बाक्लो जनघनत्व भएको बस्ती रहेको छ। सडक सुधारले दैनिक आवागमन सजिलो बनाउनुका साथै व्यवसाय, शिक्षा, स्वास्थ्य र कृषि उत्पादन बजारमा पु–याउने सम्भावनालाई पनि सहज बनाउने अपेक्षा गरिएको छ। “देश जलाउनेहरू पनि छन्, तर हामी बनाउँदैछौं,” यो भनाई हो स्थानिय समाजसेवी कमल अर्यालको । अर्यालले समुदाय स्तरमै भएका पूर्वाधारलाई लिएर यो भनाई आफ्नो फेसवुक वालमा राख्नु भएको हो । स्थानिय समाजसेवी कमल अर्यालले आफ्नो फेसबुक वालमार्फत खुसी व्यक्त गर्दै लेखेका छन्, “यो सडक हाम्रो क्षेत्रको मुटु हो, अब धुलो र हिलोको समस्या अन्त्य हुनेछ। यसले जनजीवनमा ठुलो परिवर्तन ल्याउनेछ।”

यो योजनाले बाणगंगा नगरपालिकालाई पूर्वाधार विकासमा जिम्मेवार र जवाफदेही सरकारको उदाहरणका रूपमा प्रस्तुत गरेको छ। सडक निर्माणले मात्र यात्रा सहज बनाउने होइन, स्थानीयको आत्मविश्वास र सरकारप्रतिको विश्वास दुवै बलियो बनाउने अपेक्षा गरिएको छ। बाणगंगाको जीवनस्तर सुधार र आर्थिक गतिशीलताको महत्वपूर्ण आधार बन्ने देखिन्छ — जसले “विकासका शब्द होइन, परिणाम” भन्ने सन्देश जनतालाई दिएको छ।








प्रतिक्रिया