ब्रेकिंग न्युज

कैलालीमा धान उत्पादन घट्यो



अत्तरिया (कैलाली),२५ कात्तिक
कैलालीमा यस वर्ष बर्खे धानको उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष बर्खे धानको उत्पादन पाँच दशमलव २६ प्रतिशतले घटेको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १७ हजार १३५ ‘मेट्रिकटन’ले कमी आएको छ । यस वर्ष  ६८ हजार ५४१ ‘हेक्टर’ क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा तीन लाख आठ हजार ४३४ मेट्रिकटन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार गत वर्ष सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २५ हजार ५६९ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्र्ष धानको उत्पादकत्व पनि घटेको छ । गत वर्ष धानको उत्पादकत्व चार दशमलव ७५ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष चार दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर रहेको उहाँले जानकारी दिनुभयो ।

“क्षेत्रफल एउटै भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ”, सूचना अधिकारी ओझाले भन्नुभयो, “धानलाई आवश्यक भएको बेलामा पानी परेन, धान फुल्ने बेलामा पानी प¥यो, जसले गर्दा असर ग¥यो, त्यसैले उत्पादन घटेको देखिन्छ ।”

त्यसैगरी यस वर्ष जिल्लामा छ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार १९२ मेट्रिकटन मकै उत्पादन भएको तथा १०३ हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा १५४ मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित : २६ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६