पर्यटन

पर्यटन क्षेत्रको विकास आर्थिक लाभदायी बन्न सक्छ नगर प्रमुख अर्याल



कपिलवस्तु, कात्तिक २९

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगाको पर्यटन क्षेत्रको प्रभावकारी विकासबाट आर्थिक लाभसँगै पर्याप्त रोजगारी सिर्जना गर्न सकिने बताउनु भएको छ। पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह, निजी क्षेत्र र सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सचिव भेषराज पाण्डेले पर्यटन व्यवसायसँग जोडिएका चुनौती र सम्भावनाका विषयमा प्रकाश पार्दै व्यवस्थित योजना तथा लगानी आवश्यक रहेको धारणा राख्नुभयो।


त्यसैगरी, होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका नवनिर्वाचित अध्यक्ष रविन्द्र पौडेलले स्थानीय तहको सहकार्यमा पर्यटन क्षेत्रलाई उचाइमा पु¥याउन सकिने उल्लेख गर्दै सम्भाव्य गन्तव्य तथा सेवा–सुविधाको विकासमा जोड दिनुभयो।


होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको साधारणसभा तथा दोस्रो अधिवेशन कात्तिक २७ गते बाणगंगा–स्थित पिस हिमालयन रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, सम्मानित अतिथि, पत्रकार, सुरक्षा निकाय, प्रायोजक तथा जिल्लाभरबाट सहभागी होटल तथा पर्यटन व्यवसायीप्रति आभार व्यक्त गर्दै नव–निर्वाचित अध्यक्ष पौडेलले क्षेत्रको विकास, व्यवस्थितिकरण र समृद्धिको साझा अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


दोस्रो अधिवेशनबाट रविन्द्र पौडेल अध्यक्ष त्यस्तै रोमलाल पौडेल (वरिष्ठ उपाध्यक्ष), अनिलकुमार मदनवाला (प्रथम उपाध्यक्ष), रेशम वलि (द्वितीय उपाध्यक्ष), महासचिव महादेव न्यौपाने, सचिव सरोजमणी पौडेल, कोषाध्यक्ष सोभाखर पराजुली, सह–कोषाध्यक्ष पुर्सोतम घिमिरे सहित ११ सदस्यीय कार्य समितिलाई सर्वसम्मतरूपमा नेतृत्व प्रदान गरिएको छ।
अध्यक्ष पौडेलले सु–व्यवस्थित ढंगले निर्वाचन सम्पन्न गरिदिनुभएको निर्वाचन मण्डलप्रति पनि धन्यवाद व्यक्त गर्नुभयो ।

प्रकाशित : २९ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६