कपिलवस्तु, कात्तिक २८
कपिलवस्तुको बाणगंगामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाको अध्यक्षमा सुष्मा खाँणलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।
निर्वाचन परिणाम सार्वजनिक भएपछि नवनिर्वाचित अध्यक्ष खाँणसहित सम्पूर्ण कार्यसमितिलाई आतिथ्य एवं उपस्थित सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।
अध्यक्षमा निर्वाचित भएलगत्तै सुष्मा खाँणले संस्था माथि विश्वास राखी आफ्नो नेतृत्वलाई जिम्मेवारीका साथ अघि बढाउने प्रतिवद्धता जनाउनु भयो । खाँणले विगतमा आर्जित अनुभव तथा सीपलाई संस्थागत विकास, सेवा विस्तार र सहकारी सुशासन प्रवद्र्धनमा प्रभावकारी ढंगले उपयोग गर्ने बताउनु भयो ।
खाँणले संस्थालाई अझ सक्षम, पारदर्शी र सदस्यमैत्री बनाउन सबै सरोकारवालाको निरन्तर साथ, सुझाव र सहयोग आवश्यक रहेको भन्दै धन्यवाद व्यक्त गर्नु भयो ।
साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षको योजना–कार्यक्रमबारे पनि विस्तृत छलफल गरी अनुमोदन गरेको थियो ।








प्रतिक्रिया