कपिलवस्तु, कात्तिक २९
नेकपा (एमाले) ले देशव्यापी रूपमा आज हुने जनप्रदर्शनका लागि तयारी तीव्र पारेको छ। पार्टीले हाल देशभर देखिएको प्रतिगामी षड्यन्त्र विरुद्ध जनस्तरको सशक्त उपस्थिति आवश्यक रहेको भन्दै सबै जिल्लामा प्रदर्शन आयोजनाका तयारीहरू पूरा भएको जनाएको छ।
यसै क्रममा, एमाले कपिलवस्तुले समेत बाणगंगामा हुने शक्ति प्रदर्शनलाई सफल बनाउन आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएको छ। एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालका अनुसार, पार्टीका सबै तह–तप्का शुभेच्छुक एवम् कपिलवस्तुबासीलाई उपस्थितीका लागि आग्रह गरेको छ ।








प्रतिक्रिया