देश

मुलुकलाई सङ्कटबाट उकास्न एमाले सक्षम छः महासचिव पोखरेल




राँझा (बाँके), २९ कात्तिक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई सङ्कटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभामा उहाँले राष्ट्रलाई वर्तमान सङ्कटबाट उकास्न पार्टी क्रियाशील रहेको बताउनुभयो ।

“जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छाँैँ”, उहाँले भन्नुभयो । राष्ट्रलाई वर्तमान सङ्कटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “देशको सङ्कट टार्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधिसभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका माग सम्बोधन गर्न सकिन्छ ।

प्रकाशित : ३० कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६