९ मंसिर, कपिलवस्तु
कपिलवस्तुमा आयोजना हुने १६औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी यस वर्ष विशेष रहने भएको छ। पहिलोपटक महोत्सवभित्रै ‘स्नो सिटी’ निर्माण गरिने तयारीसँगै यस वर्षको महोत्सव अन्य महोत्सवभन्दा फरक रूपले प्रस्तुत हुन लागेको आयोजक बाणगंगा वेलफेयर सोसाइटीले जनाएको छ। स्नो सिटीसँगै जलपरी, सुनामी पिङ तथा मम्मी डान्स प्रतियोगिता जस्ता नयाँ आकर्षण समावेश गरिएका छन्।
महोत्सव मूल समारोह समितिका अध्यक्ष राजकुमार खाँणका अनुसार यस वर्षको महोत्सवलाई राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन र दर्शकलाई नयाँ अनुभूति दिने उद्देश्यसहित आयोजना गरिएको हो।
“नेपालमा कुनै महोत्सवभित्र यस प्रकारको स्नो सिटी निर्माण गरिएको छैन। दर्शकलाई साँच्चिकै हिउँ परेको जस्तो अनुभव दिलाउनेगरी संरचना विकास गरिनेछ,” अध्यक्ष खाँणले बताउनुभयो।
महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा क्षेत्री (दिनेश)**ले स्नो सिटीका लागि अत्याधुनिक चिस्यान प्रविधि, कृत्रिम हिउँ प्रभाव, फोटो–जोन, स्नो प्ले एरिया तथा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइएको जानकारी दिनुभयो।
“तराई तथा मधेसमा बस्ने नागरिकले पहिलोपटक महोत्सवमै हिउँको अनुभूति लिन पाउनेछन्,” उहाँले भन्नुभयो।








प्रतिक्रिया