अर्थ-वाणिज्य

१६ औँ कपिलवस्तु महोत्सव ७० प्रतिशत तयारी पूरा, जलपरी–स्नो सिटी र सुनामी पिङ मुख्य आकर्षण



१२ मंसिर प्रेसपाटी

बुद्ध रंगशालामा मंसिर १८ देखि पुस १ गतेसम्म सञ्चालन हुने १६ औँ कपिलवस्तु महोत्सवका अधिकांश तयारी सम्पन्न भएका छन्। आयोजक बाणगंगा वेलफेयर सोसाइटीका अनुसार करिब ७० प्रतिशत काम सकिसकेको छ। संयोजक राजकुमार खाँणका अनुसार स्टल तथा मञ्च निर्माण तीव्र गतिमा अघि बढिरहेको छ। यस वर्ष महोत्सवमा ३०० स्टल रहनेछन्।
स्टल संरचना यस्तो रहनेछ २०० व्यावसायिक, ५० कृषि, ३० स्थानीय उत्पादन र महिला उद्यमी
२० संघ–संस्था, २० होटल तथा खाद्यान्न, १० अटोमोबाइल र आधुनिक कृषि उपकरण, धेरै वर्षदेखि कपिलवस्तुको पहिचान बनिसकेको यो महोत्सवले १६ वर्ष पूरा गरेको छ। निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश) का अनुसार महोत्सवलाई जिल्लाको ‘विशेष चाड’ जस्तै मानिने परम्परा बनेको छ। यसपटकको महोत्सवमा स्नो सिटी (हिउँ अनुभव), जलपरी, सुनामी पिङ जस्ता विशेष संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। साथै, १४ औँ कपिलवस्तु डान्स आइडल, मम्मी डान्स, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, व्यापारिक प्रदर्शनी, बालउद्यान तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम दर्शकको मुख्य आकर्षण बन्नेछन्। स्थानीय तह, उद्योगी–व्यवसायी र सरोकारवालाको सहकार्यमा आयोजना हुँदै आएको महोत्सवले लुम्बिनी प्रदेशको व्यापार, पर्यटन र स्थानीय उत्पादन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने आयोजकहरूको अपेक्षा छ।

प्रकाशित : १३ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६