बाणगंगा, २० मंसिर
बाणगंगास्थित बुद्ध रंगशालामा मंसिर १८ गतेदेखि सुरु भएको १६औँ कपिलवस्तु महोत्सव, कृषि–पर्यटन तथा औद्योगिक प्रदर्शनी विभिन्न आकर्षक कार्यक्रमसहित पुस १ गतेसम्म निरन्तर चल्ने भएको छ।
शनिबारको मुख्य आकर्षण स्त्री व्यान्ड र प्रिति आले महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश) का अनुसार मंसिर २० गते शनिबार राष्ट्रिय स्तरमै चर्चित स्त्री व्यान्ड, प्रसिद्ध गायिका प्रिति आले, गायक थानेश्वर गौतमलगायत कलाकारहरूले बेजोड प्रस्तुति दिने कार्यक्रम रहेको छ।
निःशुल्क स्वास्थ्य शिविर पनि शनिबारै रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको आयोजनामा वरिष्ठ डा. नन्दु पाठकको नेतृत्वमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने कुरा क्लबका पूर्व अध्यक्ष तथा महोत्सव शिक्षा उप–समिति संयोजक बासुदेव घिमिरेले बताए।
यस वर्ष महोत्सवमा विशेषगरी—सोनो सिटी (हिउँमा खेल्ने अनुभूति), जलपरि १४औँ कपिलवस्तु डान्स आइडल, सुनामी पिङ, बाल उद्यान, मम्मी डान्स प्रतियोगिता जस्ता रमाइलो र नवप्रवर्तनात्मक आकर्षणले सबै उमेरका दर्शकलाई लोभ्याउने अपेक्षा गरिएको छ। महोत्सवलाई व्यवस्थित र सहभागीमूलक बनाइएको महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणका अनुसार यस वर्षको महोत्सवलाई झनै व्यवस्थित, मनोरञ्जनपूर्ण र सहभागीमूलक बनाउन विशेष तयारी गरिएको छ।
उनका अनुसार, “राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, नयाँ आकर्षण र विविध प्रदर्शनमार्फत महोत्सवलाई अझ आकर्षक बनाउन पूरा टोली लागिपरेको छ।”
खाँणले महोत्सवमा सहभागी भई सल्लाह–सुझाव प्रदान गर्न कपिलवस्तु जिल्लाबासी तथा छिमेकी जिल्लाका नागरिकलाई विशेष आग्रह गरेका छन्।








प्रतिक्रिया