कृषि

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी



गण्डकी, २ माघः चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी गरिएको छ ।
युवा पुस्तालाई घर तरुल, वन तरुल, गिट्ठा भ्याकुुर, सिमल तरुल, सखरखण्ड, पिँडालु, ओललगायत कन्दमूलबारे जानकारी गराउने उद्देश्यका साथ पोखरा–१७ स्थित ढुुङ्गेसाँघुमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा २५ किसिमका कन्दमूल राखिएका थिए ।
पोखरामा बर्सेनि करिब १३० टन तरुल र ९० टन सखरखण्ड बिक्री हुने गरेको कृषि विकास शाखाले जनाएको छ ।

प्रकाशित : ३ माघ २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६