जीवनशैली

माघि महोत्स्व सामाजिक एकताको बलियो आधारसंविधान सभा सदस्य चौधरी



बाणगंगा, कपिलवस्तु ३ पुस

संविधान सभा सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथी विश्राम प्रसाद थारु चौधरीले माघी पर्व केवल थारु समुदायको मात्र नभई सम्पूर्ण नेपालीहरूको साझा सांस्कृतिक पर्वका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै यस प्रकारका महोत्सवले आपसी सद्भाव र सामाजिक एकता बलियो बनाउने बताउनु भयो ।
सातौँ बाणगंगा नगरस्तरीय माघी खिचडी महोत्सव तथा थारु संवत् २६४९ को अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो ।


कार्यक्रम बाणगंगा नगरपालिका वडा नम्बर २ स्थित लखनपारामा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।
थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
महोत्सवमा माघी पर्वको अवसरमा परम्परागत खिचडी, थारु नृत्य, सांस्कृतिक झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो । कार्यक्रमले थारु समुदायको सांस्कृतिक विविधता, सामाजिक एकता र सामुदायिक सद्भावलाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो ।
कार्यक्रमको सफल आयोजनाले बाणगंगा नगरपालिकामा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
यस अवसरमा माघी पर्व तथा थारु संवत् २६४९ को पावन अवसरमा सम्पूर्ण नगरवासी तथा देश–विदेशमा रहेका थारु समुदायप्रति सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरिएको छ ।

प्रकाशित : ४ माघ २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६