खोज–अनुसन्धान

हातहतियार बुझाउन स्थानीय प्रशासनको निर्देशन



दशरथचन्द (बैतडी), ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार प्रहरी–प्रशासनलाई बुझाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार व्यक्तिका नाममा इजाजतप्राप्त हातहतियार माघ २० गतेभित्र अनिर्वाय रुपमा बुझाउन निर्देशन दिइएको छ । इजाजतप्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगठ्ठा जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने प्रहरीचौकी वा स्थानीय प्रशासन कार्यालमा बुझाउन सकिने छ ।
त्यसैगरी, रुपन्देही जिल्ला प्रशासन कार्यालयले पनि यही माघ १५ गतेभित्र बुझाउन सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी एकाइमा हातहतियार बुझाउन उक्त कार्यालयले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

यसैगरी, लमजुङ जिल्ला प्रशासन कार्यालयले पनि एक सूचना जारी गरी यही माघ २० गतेभित्र आफूसँग भएका इजाजतप्राप्त हातहतयिार बुझाउन नागरिकलाई आग्रह गरेको हो । लमजुङमा एक हजारभन्दा व्यक्तिसँग त्यस्ता हातहतियार रहेका उक्त कार्यालयले जनाएको छ ।
व्यक्तिगत सुरक्षाका लागि आफूसँग भएका इजाजत प्राप्त हातहतियार नबुझाए कानुनबमोजिम कारबाही हुने चेतावनी ती स्थानीय प्रशासनले दिएका छन् । बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि फिर्ता लिन सकिने ती कार्यालयले जारी गरेका सूचनामा जनाइएको छ ।

प्रकाशित : ८ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६