ब्रेकिंग न्युज

जेन्जी आन्दोलन हाइजेक भयोः बलदेव



कपिलवस्तु २० माघ

पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणी खनाल ‘बलदेव’ ले जेन्जी आन्दोलनले देशमा चुनावको वातावरण नाएको भए पनि उक्त आन्दोलन सहकारी ठग र बालेनजस्ता पात्रहरूले हाइजेक गरेको आरोप लगाउनुभएको छ। नेकपा कपिलवस्तु क्षेत्र नम्बर २ को निर्वाचन अगुवा कार्यकर्ता भेला कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेता खनालले जेन्जी आन्दोलनका मागहरू जायज भए पनि जनताले अपेक्षा गरेअनुसारको विकास नभएको बताउनुभयो। उहाँले देशमा भ्रष्टाचार बढ्दै गएपछि नवपुस्ताले गरेको विद्रोह स्वाभाविक र जायज भए पनि त्यस विद्रोहबाट प्राप्त हुनुपर्ने उपलब्धि सही व्यक्तिले नपाउँदा आन्दोलन
हाइजेक भएको टिप्पणी गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै खनालले अहिले ‘नयाँ’ भनिने पार्टीसँग कुनै इतिहास,
योजना, सिद्धान्त तथा कार्यक्रम नरहेको दाबी गर्नुभयो।

तत्कालीन माओवादीले उठाएका मागहरू र अहिलेको जेन्जी आन्दोलनका मागहरू उस्तै रहेको उल्लेख गर्दै उहाँले देशको विकास र समृद्धि नेपाली कम्युनिष्ट पार्टीको सरकारबाट मात्र सम्भव हुने बताउनुभयो। आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले समानुपातिक तर्फ २० लाख मत प्राप्त गर्ने दाबी
गर्दै प्रत्यक्षतर्फ पनि धेरै उम्मेदवार विजयी हुने खनालको भनाइ थियो। कपिलवस्तु क्षेत्र नम्बर २ मा पनि नेकपाका उम्मेदवार विजयी हुने उहाँले दाबी गर्नुभयो। खनालले अहिले निर्वाचनको दृढतापूर्वक सामना गर्ने दुई पार्टी मात्र रहेको बताउँदै नेकपा र
राष्ट्रिय स्वतन्त्र पार्टीबीच मात्र प्रतिस्पर्धा रहेको उल्लेख गर्नुभयो। एमाले अहिले सबैभन्दा बढी आलोचना खेपिरहेको पार्टी भएको
र कांग्रेस आन्तरिक रूपमा कमजोर अवस्थामा रहेको टिप्पणी गर्दै उहाँले एकजुट भएर नेकपाको तारा चुनाव चिन्हका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो। कपिलवस्तु क्षेत्र नम्बर २ मा नेकपाको जित निश्चित भएको दाबी गर्दै उहाँले अन्य
क्षेत्रहरूमा पनि मेहनतका साथ लाग्नुपर्ने बताउनुभयो। विकासप्रेमी, अनुशासित तथा निष्कलंक उम्मेदवार बृजेशकुमार
गुप्तालाई भारी मतका साथ विजयी गराउन नेता खनालले आग्रह गर्नुभयो।

प्रकाशित : २१ माघ २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६