लक्ष्मण प्रसाद बेल्बासे
कपिलवस्तु २० माघ
जिल्लाको बाणगङ्गा नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ मा ४१ बुदे कार्य सम्पादनलाई विश्लेषण गर्दा सुशासन, प्रविधिमैत्री प्रशासन र समावेशी विकासको सन्तुलित अभ्यास मार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको सहजै विश्लेषण गर्न सकिन्छ । नगरकार्यपालिकाको कार्यालय मार्फत सञ्चालन भएका कार्यक्रम र नीतिहरूले सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाएको नगरले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
सार्वजनिक गरिएको तथ्यांक अनुसार नगरका सबै वडामा डिजिटल नागरिक वडापत्रको व्यवस्था गरिएको छ भने कर तथा शुल्क संकलन पूर्ण रूपमा सफ्टवेयर प्रणाली मार्फत भइरहेको छ। सूचना हक ऐन अनुसार माग भएका सूचना समयमै उपलब्ध गराउने र त्रैमासिक रूपमा सार्वजनिक विवरण प्रकाशन गर्ने अभ्यासले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाएको छ। नगरपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा ४७ वटै सामुदायिक विद्यालयमा ई–हाजिरी प्रणाली लागू गरिएको छ।
खरिद प्रक्रिया पूर्ण रूपमा ई–बिडिङमार्फत र भुक्तानी बैंकिङ प्रणालीबाट हुने व्यवस्था गरिएको छ। यसले विकास बजेटको पारदर्शिता र वित्तीय अनुशासन मजबुत बनाएको छ। सोही अनुरूप स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (ीक्ष्क्ब्) मा ९४.७५ प्रतिशत र वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९३ अंक प्राप्त गर्नु नगरपालिकाको सशक्त प्रशासनिक क्षमताको प्रमाण हो।
छाडा चौपाया व्यवस्थापन नगरको अर्को महत्वपूर्ण प्राथमिकता बनेको छ। गौशालाको स्तरोन्नति, नगर प्रहरीको परिचालन र कपिलवस्तु तथा सिद्धार्थनगर नगरपालिकासँग लागत साझेदारीमार्फत अन्तर नगर सहकार्यको अभ्यास गरिएको छ। यसले कृषकलाई हुँदै आएको क्षति न्यूनीकरणमा सहयोग पु¥याएको नगर प्रमुख चक्रपाणी अर्यालको भनाइ रहेको छ।
सामाजिक सुरक्षा परिचयपत्र, अपाङ्ग परिचयपत्र तथा अनलाइन नागरिकता सिफारिस सेवा कम्प्युटर प्रणाली मार्फत सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य, विपद् व्यवस्थापन, खानेपानी र सरसफाइ क्षेत्रमा समेत उल्लेखनीय प्रगति भएको छ। नगरका ९९.९९ प्रतिशत घरधुरी आधारभूत खानेपानी सेवाबाट लाभान्वित छन् भने ९८ प्रतिशत भन्दा बढी घरधुरीमा शौचालयको समुचित प्रयोग भइरहेको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको भनाई रहेको छ।
शिक्षा, पर्यटन र दीर्घकालीन योजना तर्फ शिक्षा योजना, पर्यटन गुरुयोजना, भू–उपयोग योजना र नगर एटलस निर्माण सम्पन्न भई कार्यान्वयनमा छन्। खेलकुद, सामाजिक सुरक्षा र सांस्कृतिक पहिचान प्रवद्र्धनका कार्यक्रमहरू निरन्तर सञ्चालनमा छन्।
समग्रमा, आ.व. २०८०÷०८१ मा बाणगङ्गा नगरपालिका सुशासन, पारदर्शिता र जनमुखी सेवाको अभ्यास गर्दै योजनाबद्ध विकासको दिशामा अग्रसर स्थानीय तहको रूपमा स्थापित हुँदै गएको नगर उपप्रमुख रिता कुमारी चौधरीको भनाई रहेको छ। यी सबै तथ्यले शुसासन, प्रविधीको प्रयोग र समावेशी विकासमा बाणगंगा नगरपालिकाले उल्लेख्य प्रगती गरेको सहजै अनुमान गर्न सकिन्छ ।








प्रतिक्रिया