ब्रेकिंग न्युज

कपिलवस्तु क्षेत्र नं. २ मा प्रतिस्पर्धा रोचक, लोकतान्त्रिक उत्साह उच्च



कपिलवस्तु २७ माघ

कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा आगामी निर्वाचनलाई लिएर राजनीतिक माहोल दिनप्रतिदिन तातेको छ। प्रमुख राजनीतिक दल तथा नयाँ शक्तिहरूको सहभागिताले यस क्षेत्रको निर्वाचन प्रतिस्पर्धालाई रोचक र अर्थपूर्ण बनाएको छ।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट सुरेन्द्रराज आचार्य, नेकपा (एमाले) बाट दृर्घनारायण पाण्डे, नेपाली कम्युनिस्ट पार्टीबाट बृजेस कुमार गुप्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिक्रम सिंह थापा उम्मेद्वारका रूपमा मैदानमा छन्। सबै उम्मेद्वारहरूले आ–आफ्ना विचार, प्रतिबद्धता र योजनासहित मतदातामाझ पुग्दै जनसमर्थन जुटाउने प्रयास गरिरहेका छन्।
उम्मेद्वारहरू विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य तथा समग्र क्षेत्रको समृद्धिलाई प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएका छन्। विभिन्न राजनीतिक विचारधाराका उम्मेद्वारबीच भइरहेको स्वस्थ प्रतिस्पर्धाले लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाएको स्थानीयवासीहरूको धारणा छ।
निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं. २ मा मतदाताको चासो र सहभागिता बढ्दै गएको देखिन्छ। शान्तिपूर्ण, निष्पक्ष र सहभागितामूलक निर्वाचन मार्फत जनताले आफ्नो मताधिकार प्रयोग गरी सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरिएको छ।
कपिलवस्तु क्षेत्र नं. २ को यो निर्वाचन केवल जित–हारको मात्र नभई, लोकतन्त्रलाई सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।

प्रकाशित : २८ माघ २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६