कपिलवस्तु, ७ फागुन
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत शिवराज नगरपालिका विभिन्न टोलको घरदैलो अभियान सफलता पूर्वक सम्पन्न भएको बताइएको छ।
वीरेन्द्र कुमार कनोडिया नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय दाजुभाइ–दिदीबहिनीहरूसँग आत्मीय भेटघाट तथा खुला संवाद गरिएको थियो। भेटघाटका क्रममा विकासका प्राथमिकता, अधुरा योजना तथा जनअपेक्षाबारे छलफल गर्दै आगामी दिनमा ती कार्यहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

घरदैलो अभियानमा स्थानीय बासिन्दाबाट सकारात्मक साथ र उत्साहजनक सहभागिता देखिएको थियो। जनताको विश्वास र सहयोगकै बलमा अधुरा कामलाई पूर्णता दिने तथा विकासलाई निरन्तरता दिने सन्देश उम्मेदवार कनोडियाले दिनुभएको थियो।
प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत क्षेत्र नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार कनोडियाले सूर्य चिन्हमा मतदान गरी समृद्धि र स्थायित्वका पक्षमा उभिन मतदातासँग आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया