ब्रेकिंग न्युज

गफ र आश्वासनको अन्त्य, अब विज्ञता र विकासको युग मोहन आचार्य



कपिलवस्तु, ७ फागुन

“गफ र आश्वासनको युग सकियो, अब सुरु हुन्छ विज्ञता र विकासको युग। शिक्षित नेतृत्व, समृद्ध कपिलवस्तु।” भन्ने सन्देशसहित कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार मोहन आचार्यले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ।


राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट उम्मेदवारी दिनुभएको आचार्यले अब परम्परागत आश्वासन भन्दा व्यवहारिक योजना, दक्षता र परिणाममुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार कपिलवस्तुको समग्र विकासका लागि शिक्षित, सक्षम र पारदर्शी नेतृत्व अपरिहार्य छ।
आचार्यले रोजगारी, शिक्षा, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राख्दै विकासको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मतदातासँग संवादका क्रममा उहाँले “समृद्ध कपिलवस्तु निर्माणका लागि अब निर्णय गर्ने बेला आएको” बताउँदै परिवर्तनको पक्षमा मत दिन आह्वान गर्नुभएको छ।
निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ भने मतदाता माझ विकास र परिणाममुखी नेतृत्वको बहस केन्द्रमा रहेको देखिन्छ।

प्रकाशित : ७ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६