कपिलवस्तु , १८ फागुन
प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेद्वार विश्राम प्रसाद चौधरीले होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
उम्मेद्वार विश्राम प्रसाद चौधरीद्वारा जारी सन्देशमा भनिएको छ, “होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको उम्मेद्वार चौधरीको भनाइ छ । रङ्गहरूको पर्वका रुपमा प्रत्येक वर्ष फागुपूर्णिमा (होली) पर्व देशभर वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
उम्मेद्वार विश्राम प्रसाद चौधरीले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको र त्यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया