खोज–अनुसन्धान

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम



त्रिवेणी (नवलपरासी), १८ फागुनः आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लामा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाको कावासोती नगरपालिका–२, मा रहेको शिव नमूना माविमा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा खटिएका कर्मचारीको हकमा सम्बन्धित केन्द्रबाटै मतदान गर्नेछन् ।
मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ ।

सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्र्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश हुने गर्दछ । आसन्न निर्वाचनका लागि दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कूल दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन् । जस अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदाता ६५ हजार ९८२, महिला मतदाता ७१ हजार ९८ र अन्य एक गरी कूल एक लाख ३७ हजार ८१ मतदाता रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तर्फ पुरुष मतदाता ६३ हजार ७२ ,महिला मतदाता ६८ हजार ३७० र अन्य मतदाता तीन जना गरी कूल एक लाख ३१ हजार ४४५ मतदाता रहेका छन् । नवलपुरमा ११४ वटा मतदानस्थल र ३११ मतदान केन्द्र रहेका छन् । एउटा अस्थायी मतदानकेन्द्र रहेको छ । सबै मतदान स्थलमा गरी कूल एक हजार ८७९ कर्मचारी परिचालन गरिएको छ ।

प्रकाशित : १८ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६