खोज–अनुसन्धान

ललितपुरबाट चितुवाको उद्धार



काठमाडौँ, 2६ फागुनः ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ«े स्कूलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरेको छ ।
सो टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरीय प्रहरीको टोलीको संयुक्त सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको हो । अनुमानित १० वर्षको ६० केजी तौलको चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको सदर चिडियाखाना प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो । उपचारपछि उक्त चितुवालाई प्राकृतिक बासस्थानमै छोडिने उहाँले बताउनुभयो । चिडियाखानाले विगत एक वर्षमा २४१ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारी जीवलगायतको उद्धार गरेको छ । त्यसमध्ये उपचार गरी ५७ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारीलाई प्राकृतिक बासस्थानमै छाडिएको थियो । चिडियाखानामा हाल ११५ प्रजातिका एक हजार ३०० बढी वन्यजन्तु छन् ।

प्रकाशित : २६ फाल्गुन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६