बिजनेस

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित



जलेश्वर(महोत्तरी), ९ चैतः बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड भन्दा बढीको क्षति भएको छ । इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीका अनुसार गत शुक्रबार, शनिबार र आइतबार परेको बेमौसमी वर्षाबाट जिल्लाभित्र रहेका तीन दर्जन इँटा उद्योगमा पकाउनका लागि तयारी अवस्थामा रहेको सो मूल्य बराबराको इँटा पूर्णरुपमा क्षति भएको छ । इँटा उत्पादनका लागि सबैभन्दा अनुकुल मानिएको माघ, फागुन र चैत महिनामा प्रायः वर्षा नहुने हुँदा जिल्लाभित्रका सबै इँटा उद्योगहरुले १५ देखि २०÷२२ लाखको हाराहारीमा लागत लगाएर परिमाणमा इँटा बनाएर पकाउनका लागि सुकाइरहेको अवस्थामा अचानक आएको वर्षाले करोडाँैको क्षति पु¥याएको उहाँले बताउनुभयो । औरही नगरपालिका– २ स्थित न्यु बाबा इँटा उद्योगका सञ्चालक हरिनारायण यादवले वर्षभरि नै बिक्री गर्ने परिमाणको इँटा तयार गरेर पकाउनका लागि ठिक्क पारिएको अवस्थामा अचानकको वर्षाले सबै इँटा पगालिएपछि आर्थिक सङ्कट परेको गुनासो गर्नुभयो । इँटा उद्योग सञ्चालकहरुले कडा मेहनत र करोडाँै लगानी गरेर काँचो इँटा तयारी गराएर पकाउनका लागि सुकाइरहेका इँटा आकस्मिक रुपमा आएको भीषण वर्षाले बगाएपछि इँटा उद्योगीको मेहनत र लगानी सबै बगाइदिएको औरही– ७ मा रहेको न्यु मिथिला इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीले बताउनुभयो । बेमौसमी वर्षातले जिल्लाका तीन दर्जन इँटा उद्योगमा न्यूनतम रु आठ लाखदेखि अधिकतम २२ लाखसम्मको क्षति पुगेको जनाइएको छ । अध्यक्ष चौधरीले भन्नुभयो, “हामी क्षतिको लगत सङ्कलन गरेर सम्बन्धित निकायमा क्षतिपूर्ति तथा अनुदानको व्यवस्था मिलाइदिन गर्दछौँ ।”

प्रकाशित : ९ चैत्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६