ब्रेकिंग न्युज

सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल



काठमाडौँ, १३ चैत

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रतिभा रावल नियुक्त हुनुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । रावललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । रास्वपाबाट समानुपातिक प्रणालीमा महिला ‘क्लस्टर’ बाट उहाँ सांसद निर्वाचित हुनुभएको हो । रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम निर्माताका रूपमा काम गर्नुभएको थियो । उक्त टेलिभिजनमा रवि लामिछानेको समूहमा काम गर्नुभएकी उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि राजनीतिमा आबद्ध हुनुहुन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा जन्मिनुभएकी रावलले स्नातक तहसम्म अध्ययन गर्नुभएको छ । एक दशकभन्दा बढी समय पत्रकारिताको अनुभव बटुल्नुभएकी रावलले लामिछानेको निजी सचिवालयमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रकाशित : १३ चैत्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६