देश

केपी शर्मा ओलीको पक्राउ प्रति एमालेको कडा विरोध



बाणगंगा, कपिलवस्तु , १४ चैत्र

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति नेकपा (एमाले) बाणगंगा नगर कमिटीले कडा आपत्ति जनाएको छ । नगर कमिटीको शनिवार जितपुरमा सम्पन्न वैठकले आपत्ति जनाएको हो ।
आज बिहान ओली निवास गुण्डुबाट अध्यक्ष ओलीलाई पक्राउ गरिएको घटनालाई एमालेले राजनीतिक प्रतिशोधपूर्ण कदमको रूपमा लिएको छ। जेनजी आन्दोलनका क्रममा आन्दोलन दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखक लाई दोषी ठहर गर्दै नयाँ सरकारले कारबाही अगाडि बढाएको जनाइएको छ।
यसै विषयमा बाणगंगामा सम्पन्न एमाले नगर कमिटी बैठकले अध्यक्ष ओलीको पक्राउको विरोध गर्दै आन्दोलनमा सहभागी हुने निर्णय गरेको नगर अध्यक्ष सोमनाथ अर्यालले जानकारी दिनुभयो।
बैठकमा नगर इन्चार्ज तथा एमाले नेता चक्रपाणी अर्यालले अध्यक्ष ओलीको पक्राउलाई स्पष्ट रूपमा राजनीतिक प्रतिशोध भएको टिप्पणी गर्नुभयो। त्यस्तै, एमाले नेता गिरधारीलाल न्यौपानेले पार्टी केन्द्रको निर्णयअनुसार चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरी अगाडि बढ्ने बताउनुभयो।
एमालेले यस घटनालाई लोकतान्त्रिक मूल्य र मान्यता विपरीतको कदम भन्दै तत्काल रिहाइको माग समेत गरेको छ।

प्रकाशित : १४ चैत्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६