देश

तरकारीखेती तथा बङ्गुरपालनमा रमाइरहेकी मनिषा



अत्तरिया (कैलाली), १४ चैत

कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीकी मनिषा चौधरीले कृषि कर्मबाट सुरु गरेको दुई वर्ष भयो । व्यावसायिक रुपमा तरकारीखेती तथा बङ्गुरपालन गर्दै आउनुभएकी चौधरी यसैमा रमाइरहनुभएको छ । एक बिघा जग्गा भाडामा लिएर व्यावसायिक तरकारीखेती र बङ्गुरपालन सुरु गर्नुभएका उहाँले अहिले तरकारी बिक्रीबाट मात्रै वार्षिक रु चार लाखसम्म आम्दानी गरिरहनुभएको छ । सिजनअनुसारका तरकारी लगाउने गरेको तथा बाह्रै महिना तरकारी उत्पादन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तरकारीबाट दैनिक आम्दानी पनि हुन्छ । हाल दैनिक रु एक हजार ५०० देखि दुई हजारसम्मको तरकारी बिक्री हुन्छ ।” उहाँले तरकारी बजारमा सहजै बिक्री हुने तथा बारीबाटै पनि बिक्री हुने बताउनुभयो । चौधरीले पछिल्लो समय बङ्गुरपालनबाट पनि राम्रै आम्दानी हुन थालेको बताउनुभयो । उहाँले ठूला बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “दुई वर्षअघि एउटा बङ्गुरबाट व्यवसाय सुरु गरेकी थिए । अहिले बङ्गुर बढ्दै गएका छन् । अहिले खोरमा माउ र भाले गरी १९ वटा ठूला बङ्गुर तथा ३० वटा पाठापाठी छन् ।” उहाँका अनुसार प्रतिपाठापाठी रु पाँच हजारदेखि छ हजारका दरले बिक्री हुन्छन् । ठूला बङ्गुर प्रतिकिलो रु ३२० का दरले बिक्री हुन्छन् । उहाँले डिउरो, लेन्ड्रेसलगायत उन्नत जातका बङ्गुरपालन गर्दै आएको बताउनुभयो । उहाँको सात जनाको परिवार छ । यसैबाट भएको आम्दानीले सबै घरखर्च चलेको उहाँले सुनाउनुभयो ।

प्रकाशित : १४ चैत्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६