ब्रेकिंग न्युज

निष्पक्षताको मान्यता उल्लङ्घन नगर्न सरकारलाई नेकपाको आग्रह



काठमाडौँ, १४ चैत

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नवगठित सरकारलाई बधाई दिएको छ । पार्टीका नेता गणेशमान पुनले आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनबाट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शाह नेतृत्वको मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो । यसैगरी नेकपाले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा निष्पक्षता, कानुनी प्रक्रिया र विधिको शासन कायम गर्न सरकारलाई आग्रह गरेको छ । सरकारलाई कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लङ्घन नगर्न आग्रह गरिएको छ । राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय नगर्न सुझाव दिँदै विज्ञप्तिमा द्वन्द्व सिर्जना हुने कुनै पनि गतिविधि नगर्न सरकारसमक्ष अनुरोधसमेत गरिएको छ । नेकपा संयुक्तको ध्यानाकर्षण यसैबीच नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले पनि गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयको औचित्य पुष्टि गर्न माग गरेको छ । पार्टी कार्यवाहक अध्यक्ष घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को पहिलो बैठक गरिएको निर्णयले थप द्वन्द्व आउन सक्नेमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । —

प्रकाशित : १४ चैत्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६