ब्रेकिंग न्युज

एमाले सचिवालय बैठक : पार्टी अध्यक्ष ओलीको रिहाइ गर्न माग



काठमाडौँ, १७ चैत

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकको रिहाइको माग गर्दै थप आन्दोलनका घोषणा गर्ने निर्णय गरिएको बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यही चैत २५ गतेसम्म जिल्लास्तरमा बृहत् कार्यकर्ता भेला, चैत २८ गते सबै पालिकास्तरमा विरोध प्रदर्शन, आगामी वैशाख ३ गते सम्पूर्ण वडा तहमा वडाभेला र विरोध प्रदर्शनका कार्यक्रम राखिएका छन् । यस्तै, वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा, वैशाख १२ गते राजधानी काठमाडौँमा विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने महासचिव पोखरेलले जानकारी दिनुभयो । बैठकले पार्टीले वर्तमान परिस्थितिका सम्बन्धमा नागरिक समाज तथा विभिन्न वर्ग र पेसासँग सम्बन्धित सङ्घ÷सङ्गठनसँग जिल्ला तथा केन्द्रीयस्तरमा संवाद तथा अन्तक्र्रिया कार्यक्रम गर्नेसमेत निर्णय गरेको छ । यस्तै, आगामी वैशाख ९ (अप्रिल २२) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउन सबै पार्टी कमिटी तथा जनवर्गीय सङगठनलाई आह्वान गरिएको र चाँडै नै केन्द्रीय कमिटीको बैठक बस्ने विषयमा छलफल भएको महासचिव पोखरेलले बताउनुभयो ।

प्रकाशित : १७ चैत्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६