अर्थ-वाणिज्य

कपिलवस्तु उद्योग वाणिज्य संघको १७औँ वार्षिक साधारण सभा सम्पन्न



कपिलवस्तु, १७ चैत्र ।
कपिलवस्तु उद्योग वाणिज्य संघको १७औँ वार्षिक साधारण सभा तथा ब्यवसायिक भवन शिलान्यास समारोह सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ का वरिष्ठ उपाध्यक्ष अञ्जन कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, लुम्बिनी प्रदेश सभा का सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पंथी, बाणगंगा नगरपालिका का नगर प्रमुख चक्रपाणी अर्याल, उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष सन्देश आचार्य तथा संघका पूर्व अध्यक्ष यज्ञ प्रसाद भट्टराई ले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रम कपिलवस्तु उद्योग वाणिज्य संघ का अध्यक्ष गणेश बहादुर क्षेत्री को अध्यक्षता तथा महासचिव नवदत्त घिमिरे को सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा उद्योगी तथा व्यवसायीहरूको उत्साहजनक उपस्थिति रहेको संघका पूर्व अध्यक्ष देवी प्रसाद पाण्डे ले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्ने बक्ताहरुले उद्योगी ब्यवसायीका समस्या र समाधानका सवालमा मन्तब्य केन्द्रित रहेको थियो ।

प्रकाशित : १७ चैत्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६