जीवनशैली

सत्ताइस दिनपछि इनिशाको दाहसंस्कार



कर्णाली, १९ चैत ः बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा विकको २७ दिनपछि दाहसंस्कार गरिएको छ ।
सुर्खेत जिल्ला अदालतले मङ्गलबार इनिशा मृत्यु प्रकरणसँग जोडिएका चारै जना किशोरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको दुई दिनपछि परिवारले आज कर्णाली प्रदेश अस्पतालको शवगृहबाट उनको शव बुझेका थिए । उनलाई आजै सांस्कृतिक विधिअनुसार भेरी नदीमा दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो । मङ्गलबार न्यायाधीश दीपक ढकालको एकल इजलासले आरोपित चारै जनालाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन आदेश गरेको हो । आरोपित चारै जना नाबालक हुन् । उनीहरूलाई बाल सुधारगृहमा पठाइएको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिनुभयो । उहाँका अनुसार विकको बलात्कारपछि हत्या भएको आरोपमा चारै जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर गरिएको थियो । फागुन २३ गते शनिबारका दिन उनी वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतको उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट उनका प्रेमी भनिएका एक किशोरलाई नियन्त्रणमा लिएको थियो ।

इनिशाकी आमाले सामूहिक बलात्कारपछि छोरीको हत्या भएको भन्दै फागुन २४ गते अन्य तीन जनाविरुद्ध प्रहरीमा निवेदन दिएसँगै प्रहरीले तीन किशोरलाई पनि सोही दिन पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई कानुनी अनुसन्धानको दायरामा ल्याई आफूलाई न्यायको अनुभूति नदिलाएसम्म शव नबुझ्ने अडान लिएको इनिशाको परिवारले अदालतले पुर्पपक्षका लागि थुनामा पठाएपछि आज उनको शव बुझेर अन्त्येष्टि गरेको छ । गुर्भाकोट नगरपालिका–६ सुर्खेत बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीय इनिशा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन् । परिवारका अनुसार उनी फागुन २३ गते शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

प्रकाशित : २० चैत्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६