ब्रेकिंग न्युज

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’



काठमाडौँ, २३ चैतः

सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले सकारात्मक परिवर्तनका लागि सरकारलाई समर्थन गर्ने जनाएको छ । राष्ट्रिय सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले संविधानले अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा जनताले अपेक्षित परिणाम नपाएको बताउनुभयो । उहाँले नीतिगत ढिलासुस्ती तथा भ्रष्टाचार नियन्त्रणमा कमजोरी देखिएको उल्लेख गर्दै वैदेशिक रोजगारी बाध्यता बन्दै गएको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित हुन नसकेको बताउनुभयो । सांसद कर्णले भन्नुभयो, “कांग्रेससँग अनुभव, ऊर्जा र नवप्रवर्तनको सोच छ र नयाँ सरकारसँग पनि ऊर्जा र नवप्रवर्तनको इच्छाशक्ति छ । यी दुईको संयोजनले देशलाई सही दिशा दिन सक्नेमा विश्वस्त छु ।” उहाँले सकारात्मक परिवर्तनका लागि कांग्रेसको पूर्ण समर्थन रहने स्पष्ट पार्दै देश र लोकतन्त्रको हितमा हुने हरेक कदममा साथ दिने तथा जनहितविपरीत हुने कार्यको प्रतिवाद गर्ने बताउनुभयो । —

प्रकाशित : २३ चैत्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६