खोज–अनुसन्धान

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने



काठमाडौँ, २५ चैतः नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोेजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा आज साँझ बसेको सञ्चालक समिति बैठकले थप आठ सहिद परिवारलाई रोजगार दिने निर्णय गरेको हो । जेनजी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ ३२, कात्तिक १७ गते, २०८२ साल) मा भएको व्यवस्थाअनुसार छुट भएका आठ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । प्राधिकरणले यसअघि २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ । आज थप भएका आठ सहिद परिवारमध्ये रोजित श्रेष्ठ (काठमाडौँ), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शीतल पौडेल (काठमाडौँ), मौसम कुलुङ (सङ्खुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लमजुङ) हुनुहुन्छ ।

प्रकाशित : २६ चैत्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६