खोज–अनुसन्धान

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस



न्यूयोर्क (अमेरिका), ५ वैशाखः

नेपालले प्रस्ताव गरेअनुसार पारित भएको अन्तरराष्ट्रिय आरोग्य दिवस शुक्रबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भव्य कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो कार्यक्रममा राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले आरोग्यताले गरिबी निवारण दिगो विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । राजदूत थापाले आरोग्यताको अन्तरसम्बन्ध मानसिक स्वास्थ्य र सार्वजनिक स्वास्थ्यसँग समेत हुने भएकाले यसलाई विश्वव्यापी रूपमा लैजान बल पु¥याएको बताउनुभयो । राष्ट्र सङ्घीय सामाजिक तथा आर्थिक मामिलासम्बन्धी उपमहासचिव ली जुन हुवाले मानव जीवनमा आरोग्यताले सामाजिक आर्थिकलगायतका विषयमा प्रभाव पार्ने भएकाले यो महत्त्वपूर्ण भएको बताउनुभयो । कार्यक्रममा गुरु एलपी भानु शर्माले आरोग्यताले बहुआयामिक आयामिक पाटोहरूलाई सम्बोधन गर्ने भएकाले यसलाई निरन्तर रुपमा अपनाउन अपिल गर्नुभयो । कार्यक्रममा हार्डवर्ड युनिभर्सिटीका प्रोफेसर टेलरले योग्यता र मानव जीवनको प्रभावको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न देशका कूटनीतिज्ञहरूले नेपालले संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरेको अन्तरराष्ट्रिय आरोग्य दिवसको प्रशंसा गरेका थिए । यसरी प्रशंसा गर्नेहरूमा पोर्चुगल, डोमिनिकन रिपब्लिक, अर्मेनिया, भारत, भुटान, श्रीलङ्का, बङ्गलादेशलगायतका कूटनीतिज्ञहरू उपस्थित थियो । राष्ट्रसङ्घले नेपालको प्रस्तावमा हालै पारित गरेको प्रस्तावअनुसार हरेक वर्षको अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसको रुपमा मनाइने भएको छ । —

प्रकाशित : ५ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६