खोज–अनुसन्धान

तिहारले आपसी सद्भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल



काठमाडौँ, २३ कात्तिक

राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व भएको बताउनुभएको छ । तिहार पर्व २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको बताउनुभएको छ । नेपालको मौलिक संस्कृति संरक्षण गर्ने महत्त्वपूर्ण कडीका रूपमा तिहार रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भाइटीका लगाउने, म्हपूजा गर्नाले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकारमाथिको प्रकाशको विजय जस्ता सन्देश प्रवाह गरेको जनाउनुभएको छ । तिहारमा काग, कुकुर, गाई, गोरु, पर्वतको सम्मान गर्ने तथा लक्ष्मी पूजामा भगवती लक्ष्मीको पूजा आराधना गरिने र भाइटीकामा दाजुभाई तथा दिदीबहिनीबीच आपसमा टीका लगाई हर्षोल्लासका साथ तिहार पर्व मनाइने राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ । “मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्धको स्वरूप गोवद्र्धन पर्वत, मानव र अन्य पशुपन्छी, जीवजनावर बीचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउन परिवार, प्रकृति, जनावर र देवता प्रतिको सम्मान र प्रेम झल्काउने यस पर्वमा सामाजिक भाइचारा र सद्भाव दर्शाउन दियो बाल्ने, मिठा परिकार खाने तथा देउसी भैलो खेल्ने परम्परा रहेको छ”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । राष्ट्रपति पौडेलले तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले मानवीय जीवनमा प्रकाश छरी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् भनी कामना व्यक्त गर्नुभएको छ । तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गर्ने राष्ट्रपतिको विश्वास छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । —

प्रकाशित : २४ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६