ब्रेकिंग न्युज

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति



काठमाडौँ, ७ वैशाखः

गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको स्पष्ट पार्नुभएको छ । आफ्नो सम्पत्ति विवरणबारे विभिन्न सञ्चारमाध्यममा गरिएको टिकाटिप्पणीबारे स्पष्ट पार्दै मन्त्री गुरुङले त्यस सम्बन्धि विवरण मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिने बताउनुभयो । मन्त्री गुरुङको सचिवालयले उक्त विषयमा प्रष्ट पार्दै भनेको छ, “सबै सेयर एउटै प्रकृतिका हुँदैनन्, धितोपत्र बजारमा कारोबार हुने सेयर दुई करोडभन्दा बढी लगानी रहेको सम्पत्ति विवरणमै स्ष्ट छ ।” त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको मन्त्री गुरुङको सचिवालयले स्पष्ट पारेको छ । त्यस्तै उहाँले मन्त्री हुनुअघि सेयर किनियो भनेर बाहिर नकारात्मक धारणा बनाएकाप्रति असहमति जनाउँदै सेयर लगानी गर्नु अपराध नभएको बताउनुभयो । साथै कारोबार बैङ्किङ च्यानलमार्फत भएको र बैङ्कबाट गएको पैसाको सबै हिसाब स्पष्ट रहेको बताउनुभयो ।

प्रकाशित : ७ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६