बिजनेस

भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार



भक्तपुर, ८ वैशाखः

नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भएको ‘१०ौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’सोमबार राति सम्पन्न भएको छ । महोत्सवमा करिब लाखको व्यापार भएको जनाइएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले गत चैत २६ गतेदेखि सञ्चालन गरेको १२ दिने महोत्सवमा एक लाख ३० हजारभन्दा बढी दर्शक तथा उपभोक्ताले अवलोकन गरेका बताउँदै करिब रु ८० लाखभन्दा बढीको व्यापार गरी महोत्सव सम्पन्न भएकोे संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । महोत्सवमा एकै छानामुनि दैनिक उपभोग्य सामग्री र विभिन्न सामान पाउने भएपछि १८० वटा स्टल (कक्ष)मा दैनिक उपभोक्ताको घुइाचो लागेको थियो भने दैनिक राष्ट्रिय कलाकारबाट हुने सांस्कृतिक कार्यक्रमले राति ९ः०० बजेसम्म हजाराँै दर्शकको अवलोकनका लागि घुइाचो लाग्ने गरेको थियो । स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्रान्डका विभिन्न सामान एकैथलोमा सुपथ मूल्यमा उपलब्ध गराउने, भक्तपरको कला, संस्कृति, उत्पादन र सांस्कृतिक परम्परालाई एकै थलोमा प्रदर्शन गर्दै प्रचार गर्ने उद्देश्यले नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गरेको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभयो । महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, औद्योगिक उत्पादन, काष्ठकला, माटाका भाँडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा विज्ञान प्रबिधि, अटोमोबाइल, विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी तथा बिक्री लागि राखिएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा मुख्य आकर्षणको रुपमा राखिएको ‘लन्डन ब्रिज’ मा फोटो तथा भिडियो खिच्नेहरूको भीड देखिन्थ्यो भने बालबालिकादेखि यवायुवतीसम्म बाल उद्यान, रोटेपिङ, ड्रागन ट्रेन, नाउ तथा बच्चाका विभिन्न प्रकारको खेलौना र विभिन्न प्रकारका खानामा उपभोक्ताको त्यत्तिकै भीड देखिन्थ्यो । चर्चित गायक गायिकाको दैनिक सांस्कृतिक उत्सव महोत्सवमा दैनिक रूपमा चर्चित गायकगायिकाले यहाँको साङ्गीतिक माहौललाई उत्साहमा परिणत गरेका छन् । राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको गीतसङ्गीतले महोत्सवमा युवापुस्ताको भीड उत्तिकै बढेको थियो । महोत्सवमा भक्तपुर वाइल्ड फायर नाइट नाम दिएर चर्चित गायक प्रमोद खरेल एन्ड परम्परा ब्याण्ड र दुर्गेश थापाको संयक्त प्रस्तुतिदेखि दैनिक हुने सांस्कृतिक कार्यक्रममा चर्चित गायक रामकृष्ण ढकाल, लोकगायक नवराज घोरासैनी, चर्चित गायिका रचना रिमाल, एलिना चौहान, मञ्जु पौडेल, रोज मोक्तान, मदन विष्ट, रमेश मेलोडी, जङ्की रोयल्स ब्यन्ड, भोजराज काफ्ले, गड एक्स, मीना गिरी, प्रिती पासवान, उर्गेन डोङ, सोनु कुस्मी, कपिल कसपाल, जोकर, राजेन्द्र गुन्द्रुकेलगायतको प्रस्तुति र नृत्य प्रतियोगिताले महोत्सवको रौन थपेको थियो । महोत्सवको सोमबार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले समापन गर्नुभयो ।

प्रकाशित : ८ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६