खोज–अनुसन्धान

सूचनाको हक कार्यान्वयनमा प्रगति

गुनासो व्यवस्थापन अझ सुदृढ गर्नुपर्ने



कपिलवस्तु १० बैशाख

बुद्धभूमि नगरपालिकाको कार्यालयले आ.व. २०८१÷०८२ मा सार्वजनिक गरेको विवरण अनुसार सूचनाको हक कार्यान्वयन तर्फ उल्लेखनीय प्रगति देखिएको छ। प्राप्त तथ्यांक अनुसार माग गरिएका सबै सूचनाहरू समयमै उपलब्ध गराइएकोले पारदर्शिता र जवाफदेहितातर्फ सकारात्मक संकेत देखिएको हो।
कार्यालयका अनुसार सूचनाको हकअन्तर्गत कुल ५ वटा सूचना माग गरिएकोमा सबै ५ वटै सूचना सेवाग्राहीलाई उपलब्ध गराइएको छ। यसले स्थानीय तहमा नागरिकको सूचना प्रतिको पहुँच सुनिश्चित गर्न संस्थागत प्रतिबद्धता रहेको देखाउँछ। सूचनाको हकको प्रभावकारी कार्यान्वयनले जनविश्वास अभिवृद्धि गर्नुका साथै सुशासन प्रवद्र्धनमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ।
यस्तै, ‘हेलो सरकार’ मार्फत प्राप्त गुनासो व्यवस्थापन तर्फ भने मिश्रित अवस्था देखिएको छ। कुल ७ वटा गुनासो मध्ये ५ वटा फछ्र्यौट गरिएको छ भने बाँकी २ वटा अझै प्रक्रियामै रहेका छन्। यसले गुनासो सम्बोधनमा प्रयास भए पनि अझै समयमै सम्पूर्ण गुनासो टुंग्याउने तर्फ ध्यान दिनुपर्ने आवश्यकता देखाउँछ।
विश्लेषण गर्दा, सूचनाको हक कार्यान्वयनमा शत प्रतिशत उपलब्धि हासिल हुनु सकारात्मक पक्ष हो। तर गुनासो व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी, छरितो र उत्तरदायी बनाउन आवश्यक देखिन्छ। विशेषगरी, बाँकी रहेका गुनासो छिटो फछ्र्यौट गर्ने, गुनासोको प्रकृति विश्लेषण गरी दीर्घकालीन समाधान खोज्ने तथा सेवा प्रवाहमा सुधार गर्ने दिशामा स्थानीय तहले थप पहल गर्नुपर्ने देखिन्छ।
समग्रमा, पारदर्शिता कायम गर्ने दिशामा देखिएको उपलब्धिलाई संस्थागत गर्दै गुनासो व्यवस्थापनलाई समेत समान रूपमा सुदृढ गर्न सके स्थानीय सरकारप्रतिको नागरिक विश्वास अझ मजबुत बन्ने अपेक्षा गर्न सकिने पालिकाको दावी रहेको छ ।

प्रकाशित : १० बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६