ब्रेकिंग न्युज

‘आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा’



लुम्बिनी, १० वैशाखः

लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । सरकारले आगामी आवमा योजना छनोटका गर्दा गौरव र बहुवर्षीय आयोजनालाई स्पष्ट प्राथमिकतामा राख्दै बजेट निर्धारण गरिने जनाएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा रहने, अधुरा आयोजना सम्पन्न गर्नु दोस्रो प्राथमिकता र त्यसपछि मात्रै नयाँ आयोजना समावेश गरिने बताउनुभयो । उहाँले प्रदेशको वास्तविक आर्थिक अवस्थाभन्दा बजेट नबनाउने प्रतिबद्धता दोहो¥याउँदै यथार्थपरक बजेट निर्माणमा जोड दिनुभयो । हाल करिब रु छ अर्ब हाराहारीमा रहेको राजस्वलाई आगामी आवमा साढे रु छ अर्बसम्म पु¥याउने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । मुख्यमन्त्री आचार्यले विगतका कमजोरीबाट शिक्षा लिएर सुधार गर्दै अघि बढ्ने उल्लेख गर्दै बजेट आवश्यकता र औचित्यका आधारमा निर्माण गरिने बताउनुभयो । जिल्ला समन्वय समितिलाई अनुगमनसँग जोड्न ऐन संशोधन गरिएको र स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई अनुगमनमा सहभागी गराउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । संविधानले निर्दिष्ट गरेको अधिकार क्षेत्रभित्र तीनै तहका सरकार स्वतन्त्र रूपमा अघि बढ्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिनुभयो । तीन तहका सरकार कसैका इकाइ नभई आफ्नै अधिकारसहित स्वायत्त रहेको उहाँको भनाइ छ । लुम्बिनी प्रदेशले विगतको तुलनामा राजस्व सङ्कलनमा सुधार गर्दै गएको उल्लेख गर्दै उहाँले बागमती प्रदेशपछि राजस्व सङ्कलनमा लुम्बिनी अग्रस्थानमा रहेको जानकारी दिनुभयो ।

प्रकाशित : १० बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६