ब्रेकिंग न्युज

सार्वजनिक सुनुवाई मार्फत सेवा सुधारको प्रतिबद्धता



कपिलवस्तु १० बैशाख

कपिलवस्तुको विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको समन्वयमा आयोजित कार्यक्रममा स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य लगायत विभिन्न सार्वजनिक सेवा–सुविधा सम्बन्धी जिज्ञासा र गुनासो राखेका थिए।


कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले दिनुहुँदै सेवा प्रवाहलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा तथा सम्बन्धित शाखाका प्रमुखहरूले समेत विषयगत रूपमा स्पष्टिकरण दिँदै समस्या समाधानका लागि पहल भइरहेको जानकारी गराए।
पालिका अध्यक्ष थापाले सार्वजनिक सुनुवाइले नागरिकका समस्या, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने अवसर प्रदान गर्ने बताउँदै यसले पारदर्शिता र जवाफदेहितामा थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो।


सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउँदै सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने देखिएको पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बताउनु भयो ।

प्रकाशित : १० बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६