लुम्बिनी

खानेपानी र सरसफाइमा शुद्धोधनको फडको

अधुरा योजना सम्पन्न, विद्यालय र समुदायमा सहजता



कपिलवस्तु १५ बैशाख

कपिलवस्तु, लबनी शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको । गाउँपालिकाले सार्वजनिक गरेको प्रगति विवरण अनुसार अधुरा योजनालाई पूर्णता दिँदै विद्यालय तथा समुदायमा आधारभूत सेवा विस्तार र व्यवहारिक सुधारतर्फ सकारात्मक उपलब्धि देखिएको छ ।
पालिकाको खानेपानी तथा सरसफाइ शाखाम ार्फत पतरिया स्वास्थ्य चौकीमा धारा, टंकी तथा मोटर जडान कार्य सम्पन्न भई खानेपानी सेवा नियमित सञ्चालनमा आएको छ । यसले स्वास्थ्य संस्थामा सेवा लिने सेवाग्राही तथा कर्मचारीलाई प्रत्यक्ष राहत पुगेको छ ।
त्यसैगरी, कोटिहमाई आधारभूत विद्यालय, आदर्श आधारभूत विद्यालय महादेव तथा नुरुम वलुम आधारभूत विद्यालय जयनगरामा अधुरा रहेका शौचालय निर्माण तथा मर्मतका काम सम्पन्न गरी पूर्ण सञ्चालनमा ल्याइएको छ । यी योजनाबाट विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सरसफाइ प्रयोगमा सहजता मात्र नभई विद्यालयको वातावरण समेत सुधारिएको छ । साथै, खुल्ला दिसामुक्त अभियानलाई दिगो पना सहित अघि बढाउन ठोस योगदान पुगेको देखिन्छ ।
नवदुर्गा आधारभूत विद्यालय गौरा वडा नं. ८ मा हेम पाइप जडान तथा पाइप फिटिङ्ग कार्य सम्पन्न भएपछि विद्यार्थी र शिक्षकलाई स्वच्छ खानेपानीको पहुँच विस्तार भएको छ । यसले सरसफाइका व्यवहारलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
यसैबीच, महिला स्वयंसेविका तथा आमा समूहलाई लक्षित गरी सञ्चालन गरिएको खानेपानी तथा सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रमले समुदायमा चेतनामूलक परिवर्तन ल्याएको छ । कार्यक्रममा अशुद्ध पानीका कारण हुने रोग, घरायसीयसी प्रविधिबाट पानी शुद्धिकरण, शौचालयको प्रयोगको महत्व तथा सरसफाइका आधारभूत अभ्यासबारे जानकारी प्रदान गरिएको थियो। यसले गाउँबस्तीमा स्वास्थ्य सचेतना विस्तारमा सहयोग पु¥याएको छ ।
समग्रमा, शुद्धोधन गाउँपालिकाले सीमित स्रोतसाधनबीच अधुरा योजनालाई पूर्णता दिने, सेवा पहुँच विस्तार गर्ने र जनचेतना अभिवृद्धि गर्ने रणनीतिमा सफलता हासिल गरेको देखिन्छ । खानेपानी र सरसफाइ जस्ता आधारभूत क्षेत्रमा गरिएको यो प्रगति दीर्घकालीन रूपमा जनस्वास्थ्य सुधार र जीवनस्तर उकास्न महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीको प्रतिक्रिया रहेको छ ।

प्रकाशित : १५ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६