खोज–अनुसन्धान

विजयनगरमा सामाजिक सूचक सुधारको प्रयास

बालमैत्री शासनतर्फ तयारी तीव्र



कपिलवस्तु, १८ बैशाख

विजयनगर गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सामाजिक विकासका प्रमुख सूचकहरू सुधारतर्फ लक्षित कार्यक्रमहरू अघि बढाएको छ। बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य सहित गाउँपालिकाले आवश्यक तयारीलाई तीव्रता दिएको जनाएको छ।
गाउँपालिकाले वि.सं. २०८४ साल बैशाख भित्र बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य राख्दै पूर्वाधार, नीति निर्माण र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यसअन्तर्गत पूर्ण खोप र पूर्ण साक्षरता हासिल गरिसकेको घोषणा भइसकेको छ भने दिगोपनाका लागि निरन्तर अनुगमन र सुदृढीकरणका काम भइरहेको गाउँपालिका अध्यक्ष गोपाल थापाको भनाई रहेको छ ।
स्वास्थ्य तथा सरसफाइ तर्फ, सबै स्वास्थ्य संस्थाहरूमा तीन रङको मापदण्डअनुसार फोहोर व्यवस्थापन प्रणाली लागू गरिएको छ। बर्थिङ सेन्टरहरूमा प्लेसेन्टा पिटको व्यवस्था गरिनुका साथै ‘फोहोरमैला व्यवस्थापन रणनीति तथा कार्ययोजना, २०८१’ तयार पारेर कार्यान्वयनको चरणमा लैजाने प्रयास गरिएको छ।
यस्तै, वातावरणमैत्री स्थानीय शासनका लागि आवश्यक नीति, रणनीति तथा कार्ययोजना निर्माण गरिएको भए पनि यसको पूर्ण कार्यान्वयन अझै बाँकी रहेको देखिन्छ। खुला रूपमा छाडा पशु व्यवस्थापनको चुनौती भने कायम नै छ, जसका समाधानका लागि छिमेकी स्थानीय तहहरूसँग सहकार्यको प्रयास भइरहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको भनाई रहेको छ ।
समग्रमा, विजयनगर गाउँपालिकाले सामाजिक सूचकहरू सुधारतर्फ सकारात्मक पहल थालेको देखिए पनि दीर्घकालीन प्रभावका लागि प्रभावकारी कार्यान्वयन, निरन्तर अनुगमन र अन्तरपालिका समन्वय अझै सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रकाशित : १८ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६