देश

शुद्धोधन गाउँपालिकामा साना योजनाको प्रभुत्व

ठूला आयोजना सीमित



कपिलवस्तु २१ बैशाख

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका तथा आर्थिक वर्ष २०८२/८३ का लागि छनोट गरेका योजनाहरूको संख्यात्मक विवरणले स्थानीय विकासको स्वरूप स्पष्ट पारेको छ। पालिकाको उपलब्ध तथ्याङ्क अनुसार साना तथा मध्यम आकारका योजनाहरूको संख्या उल्लेख्य रहेको छ भने ठूला तथा बहुवर्षीय आयोजनाहरू सीमित मात्रामा अगाडि बढाइएको देखिन्छ।
५ लाख रुपैयाँ सम्मका साना योजनाहरू र १० लाख सम्मका योजनाहरूको संख्या तुलनात्मक रूपमा बढी रहेको छ, जसले स्थानीय तहले आधारभूत पूर्वाधार, साना विकास निर्माण तथा समुदाय स्तरका आवश्यकतामा बढी ध्यान दिएको संकेत गर्दछ। यस्ता योजनाहरूले छिटो कार्यान्वयन र प्रत्यक्ष लाभ वितरणमा सहयोग पु¥याउने भए पनि दीर्घकालीन संरचनात्मक विकासमा सीमित प्रभाव पार्ने सम्भावना रहन्छ।
त्यस्तै, १० लाखदेखि ५० लाख सम्मका मध्यम आकारका योजनाहरू पनि उल्लेख्य संख्यामा कार्यान्वयनमा ल्याइएका छन्। यसले गाउँपालिकाले सन्तुलित विकासका लागि मध्यम स्तरका पूर्वाधार निर्माणमा समेत ध्यान दिएको देखिन्छ।
५० लाखभन्दा माथिका ठूला योजनाहरूको हकमा भने संख्या न्यून भए पनि तिनको प्रभाव क्षेत्र व्यापक रहने अपेक्षा गरिएको छ। यस्ता योजनाहरूलाई बहुवर्षीय रूपमा अगाडि बढाइएको छ, जसमा सडक स्तरोन्नति, स्वास्थ्य संस्था निर्माण, बाँध निर्माण तथा विद्यालय भवन निर्माण जस्ता महत्वपूर्ण पूर्वाधार समावेश छन्।
प्रमुख ठूला आयोजनाहरूमा वडा नं. ६ शिवलवा बोर्डरदेखि विभिन्न वडा हुँदै लवनी चोकसम्म सडक स्तरोन्नति, वडा नं. ८ मा निर्माणाधीन बाँध, १५ शैया अस्पताल निर्माण, विठुवा स्वास्थ्य चौकी भवन निर्माण तथा मोतिभारी माध्यमिक विद्यालय भवन निर्माण उल्लेखनीय छन्। यी योजनाहरूले क्षेत्रीय कनेक्टिभिटी, स्वास्थ्य सेवा विस्तार र शैक्षिक पूर्वाधार सुदृढीकरणमा दीर्घकालीन योगदान पु¥याउने अपेक्षा गरिएको पालिका अध्यक्ष कमलेश शरण चौधरीको तर्क रहेको छ।
समग्रममा हेर्दा शुद्धोधन गाउँपालिकाको योजना संरचनाले साना तथा तुरुन्त प्रतिफल दिने कार्यक्रमलाई प्राथमिकता दिएको देखिन्छ भने ठूला आयोजनाहरूलाई सीमित तर रणनीतिक रूपमा छनोट गरिएको छ। आगामी दिनमा दिगो विकास लक्ष्य हासिल गर्न साना योजनासँगै दीर्घकालीन प्रभाव पार्ने ठूला आयोजनाको सन्तुलन कायम गर्नु आवश्यक रहेको स्थानिय सामाजिक अगुवाहरुको भनाई रहेको छ ।

प्रकाशित : २१ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६