देश

अस्पतालमा स्वास्थ्य मन्त्रालयको अनुगमन, शासकीय सुधार कार्ययोजना कार्यान्वयनमा जोड



काठमाडौँ? २१ वैशाख

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्ययोजना कार्यान्वयनमा तीव्रता दिएको छ । शासकीय सुधार कार्ययोजनाअनुरूप मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै स्वास्थ्य संस्थाहरूमा अनुगमन अघि बढाएको छ । आज मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा रोशन न्यौपानेको नेतृत्वमा काठमाडौँको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको अनुगमन गर्दै आवश्यक सुधारका लागि पत्राचार गरेको छ । मन्त्रालयले अस्पताललाई बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा (इमर्जेन्सी), फार्मेसी, रेडियोलोजिकल विभागलगायत अन्य सेवामा समेत प्रतीक्षा समय घटाउन भनेको छ । बिरामीसँग सम्मानजनक र मैत्रीपूर्ण व्यवहार गर्न, आकस्मिक अवस्थामा पर्याप्त कर्मचारी खटाउने व्यवस्था गर्न, सरसफाइ र सुरक्षा व्यवस्थापनमा सुधार गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ । यस्तै, कर्मचारीको नियमित उपस्थिति कडाइका साथ पालना गराउनर अस्पतालका उपकरणहरू चुस्त दुरुस्त राख्न निर्देशन दिएको छ । मन्त्रालयले अस्पताललाई पत्रमार्फत अस्पतालको ओपिडी समयमा ‘एमआर’ लाई प्रवेशमा रोक लगाउन पनि निर्देशन दिएको जनाइएको छ । यसअघि भेरी अस्पताल, नारायणी अस्पताल, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र गजेन्द्रनारायण सिंह अस्पतालको समेत मन्त्रालयले अनुगमन गरेको थियो । सरकारको ‘शासकीय सुधारसम्बन्धी एक सय कार्ययोजना’ को बुँदा नं ८५ को ‘क’ देखि ‘ङ’ सम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित विषय समावेश छन् ।

प्रकाशित : २१ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६