देश

जातीय विभेदविरुद्ध ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन



काठमाडौं, २१ वैशाख

दलित समुदायलाई कोठा भाडामा नदिएको भन्दै त्यसविरुद्ध दीपा नेपालीको नेतृत्वमा माइतीघरमा जारी धर्ना र मुलुकभर व्याप्त जातीय छुवाछूतबारे चासो राख्दै सरकारले ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन दिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालबीच छलफलपछि यस्तो निर्देशन दिइएको हो । छलफलमा मन्त्री वादीले कानुन र सचेतनाका कार्यक्रम हुँदाहुँदै पनि जातीय भेद्भाव कायमै रहनु दुःखद भएको बताउनुभयो । कानुनमन्त्री गौतमले जातीय विभेदसम्बन्धी उजुरी तत्काल दर्ता गर्ने र कारबाही प्रक्रियालाई तीव्रता दिन चुस्त संयन्त्रको आवश्यकतामा जोड दिनुभयो । छलफलपछि जातीय तथा सामाजिक विभेदसम्बन्धी गुनासोहरूको तत्काल सुनुवाइका लागि ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालनमा ल्याउन गृह सचिव राजकुमार श्रेष्ठलाइ निर्देशन दिइएको हो । गृह सचिव श्रेष्ठले ‘डेस्क’ सञ्चालनमा ल्याउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने बताउनुभयो । उहाँले विद्यमान कानुनी व्यवस्था पर्याप्त रहेको उल्लेख गर्दै अब प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाउनुभयो । —

प्रकाशित : २१ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६