देश

‘सरकार प्रेस स्वतन्त्रता, पारदर्शिता र लोकतान्त्रिक मूल्यप्रति पूर्ण प्रतिबद्ध छ’



काठमाडौँ, २१ वैशाख

सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संवैधानिक मर्यादाप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले आज प्रेस नोट जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरभित्र आज सञ्चारकर्मीलाई भिडियो खिच्न रोक लगाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै अवरोध नभएको जनाएको छ । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालद्वारा जारी प्रेस नोटमा सरकार प्रेस स्वतन्त्रता, पारदर्शिता र लोकतान्त्रिक मूल्यप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख छ । सञ्चारकर्मीलाई सूचना सङ्कलनका लागि अनुमति भएको र त्यहाँ कुनै अवरोध नभएको उल्लेख गर्दै भविष्यमा नहुने स्पष्ट पारिएको छ । प्रेस विज्ञ दाहालले सञ्चारकर्मीलाई हटाउन वा भिडियो खिच्न रोक्न कुनै निर्देशन नदिएको उल्लेख गर्नुभएको छ । सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अङ्कुशका रूपमा अतिरञ्जित नगर्न सचिवालयले आग्रह गरेको छ । सचिवालयका अनुसार आज प्रधानमन्त्री कार्यालय प्रवेशका क्रममा परिसरमा सवारीसाधनको भीडभाड देखिएपछि प्रधानमन्त्री शाहले केवल सुरक्षा व्यवस्थापनबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा राख्नुभएको थियो । सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीलाई स्थान परिवर्तन गर्न भनेको विषयबारे गुनासो आएपछि तुरुन्तै समन्वय गरी पत्रकारहरूको पहुँचमा कुनै रोकटोक नभएको जानकारी गराइएको पनि प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रकाशित : २१ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६