कृषि

किसानलाई अनुदानमा मिनीटिलर



जुम्ला, २२ वैशाखः परम्परागत कृषिबाट किसानलाई मुक्त बनाउनका लागि जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले जिल्लाका २० किसानलाई अनुदानमा मिनीटिलर वितरण गरेको छ । कृषि उद्यमीलाई मर्मतसम्भारको तालिमसहित मिनीटिलर वितरण गरिएको हो । तालिमसहित पहिलो चरणमा सोमबार मिनीटिलर किसानलाई वितरण गरिएको हो । कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ उद्यमीलाई कृषि यान्त्रीकरण मिनीटिलर वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिनुभयो । किसानलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चरणमा पाँच महिला र १५ पुरुषलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर वितरण गरिएको कार्यालय प्रमुख शाहीको भनाइ छ । व्यावसायिक कृषि गरिरहेका तथा आगामी दिनमा व्यावसायिक खेतीतर्फ अघि बढ्न इच्छुक किसानलाई प्राथमिकतामा राखेर छनोट गरी मिनीटिलर वितरण गरिएको हो । यसबाट खेतीपातीलाई आधुनिक बनाउँदै उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख शाहीले बताउनुभयो । व्यावसायिक खेती गर्दै आएका किसान र कृषि उद्यमीलाई उक्तमिनिटिलर हलो उपलब्ध गराइएको हो । किसानले उपकरण सही तरिकाले प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले खेत जोत्नुअघि अपनाउनुपर्ने सावधानी, खेत जोत्ने तरिका तथा काम सकिएपछि गर्नुपर्ने मर्मतसम्बन्धी जानकारी प्रदान गरिएको छ । कृषि यान्त्रीकरणका कार्यक्रम सञ्चालन गरेपछि किसानमा आधुनिक उपकरण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । अनुदानमा यान्त्रिक हलो पाएपछि खेतीपाती गर्न सहज हुने भन्दै किसानले खुसी व्यक्त गरेका छन् ।

प्रकाशित : २२ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६