राजनीति

रुपन्देहीको बाल सुधारगृहमा अनुगमन



देवदह (रुपन्देही), २३ वैशाख

यहाँको सिद्धार्थनगर नगरपालिका–७ भैरहवास्थित बाल सुधारगृहमा अनुगमन गरिएको छ । प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीसहितको टोलीले बाल सुधारगृहको अनुगमन गरेको हो । अनुगमनपश्चात सांसद पौड्यालले बाल सुधारगृहलाई अझ ठूलो स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको बताउनुभयो । त्यसका लागि आवश्यक पहल गरिने उहाँले बताउनुभयो । एकै ठाउँमा धेरै बालकहरु बस्दा स्वास्थ्यसहित अन्य समस्या आउन सक्ने उहाँको भनाइ छ । बाल सुधारगृहमा स्थानीय तहहरुले खाजा व्यवस्थापनका लागि सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त हुन नसकेको उहाँले बताउनुभयो । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सदस्यसमेत रहनुभएकी पौडेलले बाल सुधारगृहमा रहेका बालकहरुलाई मनोसामाजिक परामर्श पनि आवश्यक रहेकामा जोड दिनुभयो ।

प्रकाशित : २३ बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६