अर्थ-वाणिज्य

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ



काठमाडौँ, २३ वैशाखः

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन हुनुभएको छ । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासङ्घको विधानअनुसार स्वतः अध्यक्ष पदमा चयन हुनुभएको हो । महासङ्घको ६०औँ वार्षिक साधारणसभापछि सुरु निर्वाचन प्रक्रियाको मतगणना आज सम्पन्न भएको छ । निर्वाचनमार्फत विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यसैगरी वस्तुगत सङ्घतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे विजयी हुनुभएको छ । नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिने अपेक्षा गरिएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यसपटक नै अन्तिम रहेको र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने जनाइएको छ ।

प्रकाशित : २३ बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६